अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी
वि.सं.२०८२ जेठ २३ शुक्रवार २३:१९
6.31K
shares
shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले कार्य विभाजन गरेको छ । २०८१ साल माघ २७ गते बसेको केन्द्रीय समितिको प्रथम बैठकमा गरिएको निर्णयलाई सङ्गठनले आज सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरण अनुसार, सङ्गठनका केन्द्रीय सदस्य शंकर बहादुर सार्कीलाई बाजुरा जिल्ला इन्चार्जकाे जिम्मेवारी दिइएको छ।
उनी बाजुरा जिल्ला बुढिगंगा नगरपालिका वडा नम्बर ८ बाह्रबिसमा जन्मिएका हुन् ।
बैठकले सङ्गठनको आन्तरिक मजबुती, विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउने रणनीति, तथा राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउन कार्य विभाजन गरिएको बताइएको छ ।
बैठकमा विभिन्न प्रदेश, विभाग र जिल्लाको इन्चार्जको जिम्मेवारीहरू पनि तोकिएको र निकट भविष्यमै सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरिने अखिल (क्रान्तिकारी) ले बताएको छ।














