एसएसपी रमेश थापाकाे उपस्थितिमा बालाजु प्रहरी वृत्त पुनर्निर्माण पश्चात् हस्तान्तरण

6.73K
shares

काठमाडौ । जेन्जी आन्दोलनका कारण क्षतिग्रस्त बनेको बालाजु प्रहरी वृत्त स्थानीय बासिन्दा तथा विभिन्न संघ–संस्थाहरूको सहयोगमा पुनर्निर्माण गरी एक औपचारिक समारोहका बीच नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी आत्मा कृष्ण श्रेष्ठ, विशिष्ट अतिथि काठमाडौं परिसरका प्रमुख एसएसपी रमेश थापा उपस्थितमा उक्त समारोहमा माननीय बसन्त मान्धर, माननीय प्रकाश श्रेष्ठ, काठमाडौं–१६ की वडा अध्यक्ष रोजिना श्रेष्ठ, वडा सदस्यहरू, स्थानीय बासिन्दा, समितिका संयोजक समाजसेवी शिव भक्ती रजित, पूर्व समिति अध्यक्ष गौतम प्रजाप्रती लगायतहरूको उपस्थितिमा थिए ।

 

समुदायको सहयोगमा पुनः पहिल्यै स्थानमा पुनर्निर्मित प्रहरी वृत्त हस्तान्तरणसँगै अब सुरक्षा सेवा अझ प्रभावकारी र सहज हुने अपेक्षा गरिएको छ।‌ वक्ताहरूले स्थानीय–प्रहरी सहकार्यको यस उदाहरणले सामुदायिक सुरक्षालाई मजबुत बनाउने र सकारात्मक सन्देश दिन योगदान पुर्याउने उल्लेख गरेका थिए।