साप्ताहिक अतिरिक्त क्रियाकलाप तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

4.29K
shares

काठमाडौ । बानेश्वर बहुमुखी क्याम्पसमा पुस १६ गतेदेखि सञ्चालन भएको साप्ताहिक अतिरिक्त क्रियाकलाप कार्यक्रम एवं पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ।

अतिरिक्त क्रियाकलाप प्रमुख डा. कृष्णदेव यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिबोल भट्टराई प्रमुख अतिथिका रूपमा सहभागि हुनु भएको थियाे। कार्यक्रममा क्याम्पस प्रमुख डा. घमानसिंह खड्का, संस्थापक पूर्व क्याम्पस प्रमुख डा. केदार न्यौपाने, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष भुमिराज अधिकारी, प्राध्यापक संघका अध्यक्ष सुधिर रिमाल लगायतको आतिथ्यता रहेको थियो।

साप्ताहिक कार्यक्रम अन्तर्गत खेलकुद, फुटसल भलिवल, साहित्य, कविता, मनोरञ्जनात्मक नृत्य, कबड्डी, टग अफ वार लगाएत विभिन्न विधामा आयोजना गरिएका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि हरिबोल भट्टराई, क्याम्पस प्रमुख डा. घमानसिंह खड्का, स्ववियु अध्यक्ष भुमिराज अधिकारी तथा प्राध्यापक संघ अध्यक्ष सुधिर रिमाल लगाएत वक्ताहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै विजयी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा प्राध्यापकहरू, स्ववियु पदाधिकारी तथा सदस्यहरू, क्याम्पसमा क्रियाशील विभिन्न विद्यार्थी संगठनका अध्यक्षहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083