राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण

1.4K
shares

काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचित सदस्यहरूले शपथ ग्रहण गरेका छन्।

माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित १८ मध्ये १७ जना सदस्यलाई आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ ग्रहण कार्यक्रम संघीय संसद् भवनमा सम्पन्न भएको थियो। निर्वाचित सदस्यहरूले संविधानप्रति प्रतिबद्ध रहँदै देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

संविधानअनुसार राष्ट्रियसभामा कुल ५९ सदस्य रहने व्यवस्था छ। राष्ट्रियसभा सदस्यको पदावधि छ वर्षको हुने र प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि सकिने संवैधानिक प्रावधान रहेको छ। त्यसअनुसार नियमित रूपमा सदस्यहरूको कार्यकाल समाप्त हुँदै नयाँ सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ।