अधिकारको संघर्षका प्रतीक : पुष्पकमल दाहाल ‘प्रचण्ड’
Mukti Khabar
वि.सं.२०८२ चैत १२ बिहीवार १७:०८
4.91K shares
ईन्द्र कुमार भुषाल
काठमाडौ । नेपालको परिवर्तनको इतिहास केवल घटनाहरूको श्रृङ्खला मात्र होइन, यो त्याग, साहस र अटल संकल्पको कथा पनि हो। यही इतिहासमा एउटा नाम बारम्बार उभिन्छ पुष्पकमल दाहाल प्रचण्ड ! नेपालको जनयुद्ध देखि आजसम्मको यात्रामा अनेकौं उतारचढाव आए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति, राजनीतिक घेराबन्दी, आलोचना र चुनौतीहरूको सामना गर्दै पनि प्रचण्ड निरन्तर एउटै उद्देश्यमा अडिग रहे : जनताको अधिकार स्थापना र त्यसको संरक्षण। नेपालका उत्पीडित समुदाय किसान, श्रमिक, दलित, महिला, जनजाति तथा मधेसीहरूको आवाजलाई राष्ट्रिय राजनीतिमा केन्द्रमा ल्याउने अभियान सहज थिएन। तर यही संघर्षले नेपाललाई नयाँ युगतर्फ डोर्यायो-जहाँ गणतन्त्र, समावेशिता र अधिकारका मुद्दाहरू केवल नारामा सीमित रहेनन्, राज्यको संरचनामै संस्थागत भए।
समय–समयमा विभिन्न शक्ति र परिस्थितिले प्रचण्डलाई कमजोर पार्ने प्रयास गरे। तर इतिहासले देखाएको सत्य के हो भने-जनताको अधिकारका लागि लड्ने नेतृत्वलाई चुनौतीहरूले झन् दृढ बनाउँछन्। यही दृढताले उनलाई केवल एक राजनीतिक नेता मात्र होइन, परिवर्तनको प्रतीकका रूपमा स्थापित गरेको छ।
आज पनि देशलाई समृद्धि, सुशासन र सामाजिक न्यायतर्फ लैजान जनताको अपेक्षा उच्च छ। त्यस्ता अपेक्षाहरूबीच प्रचण्डको राजनीतिक यात्रा एउटा स्पष्ट सन्देश दिन्छ-संघर्ष, परिवर्तन र अधिकारको रक्षा निरन्तर चलिरहने प्रक्रिया हो। त्यसैले प्रचण्डलाई केवल सामान्य राजनीतिक दृष्टिले हेर्ने होइन, नेपाली जनताको अधिकारका लागि लड्ने एक ऐतिहासिक नेतृत्व र अभिभावक व्यक्तित्वका रूपमा बुझ्न आवश्यक छ।
इतिहासले प्रमाणित गरेको छ सत्ता बदलिन सक्छ, परिस्थिति बदलिन सक्छ, तर जनताको अधिकारको पक्षमा उभिएको संघर्ष कहिल्यै हार्दैन। लेखक : इन्द्र कुमार भुसाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन्।