खोटाङ्गे एकताको लागि राजधानीमा बृहत वनभोज कार्यक्रम

2.98K
shares

 

खोटाङ्ग बाट काठमाण्डौं उपत्यकामा आएर बिभिन्न कामको शिलसिलामा अस्थाई तथा स्थाई रुपमा बसोबास गर्ने नागरिकहरुको एकता सामाजिक सद्भाब र भातृत्व भाइचारा सम्बन्ध स्थापित गर्ने उद्देस्यले भक्तपुरको सल्लाघारीमा आज खोटाङ सेवा समाज काठमाण्डौंले बृहत वनभोज कार्यक्रमको आयोजना गरेको संस्थाका सचिव नबराज रोकाले जानकारी दिनुभयो ।

बिगतमा खोटाङ महासमाज र खोटाङ सेवा समाज दुई संस्था बिच एकता गरी खोटाङ सेवा समाजको एकता महाधिबेशन बाट चलचित्र निर्माता ततथा नायक नवल खड्काको अध्यक्षतामा बनेको कार्यसमिती बाट आयोजना हुन लागेको यो बृहत वनभोज कार्यक्रमले खोटाङ्गेहरुलाई एकताको मालामा उन्ने एउटा औपचारिकताको सुरुवात रहेको संस्थाका अध्यक्ष नवल खड्काले जानकारी दिनुभयो ।

जिल्ला तथा जिल्ला बाहिर रहेका खोटाङ्गेहरुलाई आइपर्ने बिभिन्न किसिमका समस्याहरुको सामुहिक रुपमा समाधान खोज्नु,देश तथा बिदेशमा रहेका खोटाङ्गे पिडितहरुको उद्दार तथा क्षतिपुर्ति र सामाजिक पुर्नमिलनको लागि पैरवी र सहजिकरण गर्नु,जिल्लाको समग्र विकास निर्माण र सुशासनको लागि खबरदारी र सामुहिक सौदाबाजी गरेर समृद्द खोटाङ निर्माणमा साझेदार बन्ने उद्देश्यले खोटाङ सेवा समाजको स्थापना भएकाले सबै खोटाङबासी संस्थामा जोडिन अध्यक्ष खड्काले अनुरोध गर्नुभएको छ ।

वनभोज खान र रमाउनका लागि मात्र नभई जिल्ला बाहिर बसोबास गर्ने खोटाङ्गेहरुको बिभिन्न कामको ब्यस्तताको कारण भेटघाट नहुनु र जसका कारण एकअर्काको पिर मर्कामा सामुहिक समाधान खोज्न नसकिनुले यो वनभोज कार्यक्रम सबैका लागि सम्बन्ध नविकरण गर्ने स्थल भएकाले कार्यक्रममा सबै जोडिन संस्थाका सचिव नबराज रोकाले अनुरोध गर्नुभएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083