प्रत्यक्षमा नजितेका क्षेत्रमा समानुपातिक सांसद खटायो रास्वपा

455
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चुनाव नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले देशभरका ४० निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई खटाउने निर्णय गरेको हो। ती सांसदहरूले सम्बन्धित क्षेत्रमा जनचासोका विषय, स्थानीय समस्या तथा विकासका मुद्दामा समन्वय गर्ने जिम्मेवारी पाएका छन्।

रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२५ क्षेत्रमा जित हासिल गरेको जनाएको छ। बाँकी क्षेत्रमा पार्टीको सक्रियता बढाउन यो निर्णय गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटी ले जानकारी दिए।

प्रदेशगत रूपमा कोशीमा ११, मधेसमा २, बागमतीमा २, गण्डकीमा ३, लुम्बिनीमा ५, कर्णालीमा ११ र सुदूरपश्चिममा ६ जना सांसदलाई जिम्मेवारी तोकिएको छ।

पार्टीले यस निर्णयमार्फत प्रत्यक्ष प्रतिनिधित्व नभएका क्षेत्रमा पनि आफ्नो उपस्थिति बलियो बनाउँदै जनसमस्या समाधानमा सक्रिय भूमिका खेल्ने जनाएको छ।