विद्यार्थीहरूलाई ४५ प्रतिशत छुटको व्यवस्था कार्यान्वयन गर्न माग गर्दै बानेश्वर बहुमुखी क्याम्पसमा हस्ताक्षर कार्यक्रम सम्पन्न
वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३०
shares

काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिको खारेजी तथा सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई ४५ प्रतिशत छुटको व्यवस्था कार्यान्वयन गर्नुपर्ने मागसहित हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।
स्वतन्त्र विद्यार्थी यूनियन, बानेश्वर बहुमुखी क्याम्पस एवम् विभिन्न संयुक्त विद्यार्थी संगठनहरूको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्ना हक तथा अधिकारको पक्षमा आवाज उठाउँदै मागप्रति ऐक्यबद्धता जनाएका थिए।


उनले विद्यार्थीहरूको एकीकृत आवाजले सम्बन्धित निकायलाई दबाब सिर्जना गर्ने विश्वास व्यक्त गर्दै मागहरू बेवास्ता गरिए थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी समेत दिए।
कार्यक्रमका आयोजकहरूले अभियानमा सक्रिय रूपमा सहभागी हुने सम्पूर्ण विद्यार्थी तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै विद्यार्थी अधिकारको पक्षमा संघर्ष निरन्तर रहने बताएका छन्।





































