ई–बिडिङ वेबसाइट ह्याक आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
वि.सं.२०८३ वैशाख ११ शुक्रवार १९:३७
1.03K
shares
shares

काठमाडौं । राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले शुक्रबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार ठेक्का आफूअनुकूल पार्ने प्रयासका क्रममा ई–बिडिङ प्रणालीको वेबसाइट ह्याक गरेको आरोपमा पाण्डेलाई नियन्त्रणमा लिइएको हो। उनी राप्रपाका उपाध्यक्षसमेत हुन्।
पाण्डे २०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।
यसअघि पनि उनी विवादमा मुछिएका थिए। २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो। सो मुद्दामा उनले ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
हाल प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


















