थापाथली बस्ती हटाउने क्रममा महिला बेहोस, बल्खुमा एक जनाको शव फेला

1.42K
shares

काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। बस्ती खाली गराउने कार्य चलिरहेका बेला उत्पन्न तनावबीच रेखा कुँवर बेहोस भएकी हुन्।

प्रहरीका अनुसार उनलाई तत्काल एम्बुलेन्समार्फत अस्पताल लगिएको छ र उपचार भइरहेको छ। बस्ती हटाउने क्रममा स्थानीयवासीमा भावनात्मक तनाव देखिएको थियो।

यसैबीच, बल्खुमा खाली गरिएको सुकुमवासी बस्ती नजिकै बागमती खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहान घर भत्किएको देख्न नसक्ने भन्दै घरबाट निस्किएका ती व्यक्ति दिउँसो मृत भेटिएको बताइएको छ।

मृतक ६१ वर्षीय इन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राईले पुष्टि गरेकी छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083