उत्तर कोरियाद्वारा आणविक र क्षेप्यास्त्र परीक्षण बन्द

8.01K
shares

-बीबीसी
सोल । उत्तर कोरियाले आफ्नो सम्पूर्ण क्षेप्यास्त्र परीक्षण स्थगित गर्दै उसका आणविक कार्यक्रम बन्द गरेको छ। कोरियाली केन्द्रीय समाचार संस्थाका अनुसार २१ अप्रिलदेखि आणविक परीक्षण तथा अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण बन्द गरेको बीबीसीले जनाएको छ।

उत्तर कोरिया नेता किम जोङ उनले उत्तर कोरियाको आणविक क्षमता पुष्टि भइसकेकाले अब कुनै परीक्षण आवश्यकता नरहेको बीबीसीले उल्लेख गरेको छ। यो आश्चर्यजनक घोषणा उत्तर कोरियाले अमेरिकासँग गर्न लागेको ऐतिहासिक वार्तासँगै भएको हो।

किमको अर्को साता दक्षिण कोरिया र आउँदो जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहको छ। उत्तर कोरियाको यो निर्णयलाई चीन समेत स्वागत गरेको छ।अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरिया र विश्वकै लागि अत्यन्त खुशीको खबर बताउँदै ट्विटरमा ठूलो उपलब्धी भनेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083