गुणस्तरीय शिक्षा प्रदान गर्दै पेन्टागन इन्टरनेसनल कलेज

गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य : Pentagon international college

975
shares

काठमाडौं । विगत लामो समय देखी गुणस्तरीय, व्यवहारिक तथा विद्यार्थीमैत्री शिक्षा प्रदान गर्दै आएको पेन्टागन इन्टरनेसनल कलेजले आफूलाई राजधानीका अन्य शैक्षिक संस्थामध्ये  एक उत्कृष्ट शैक्षिक संस्थाको  रूपमा स्थापित गर्न सफल भएको छ। काठमाडौंको तीनकुनेमा अवस्थित यस कलेजले हजारौं विद्यार्थीको शैक्षिक भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी सीप, अनुशासन, नेतृत्व विकास तथा व्यवहारिक ज्ञानसँग जोडेर अध्यापन गराउने कलेजमा +२ तह अन्तर्गत साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज तथा ल संकायका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएका छन्। अनुभवी तथा दक्ष शिक्षक टोली, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थी केन्द्रित वातावरणका कारण कलेजले अभिभावक र विद्यार्थीको विश्वास जित्न सफल भएको छ।

कलेजका सञ्चालक Dr. S. P. Singh को शैक्षिक नेतृत्व र दूरदर्शी सोचका कारण संस्थाले छोटो समयमै शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल भएको बताइन्छ। शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास कार्यक्रम तथा विद्यार्थीको व्यक्तित्व विकासमा समेत कलेजले विशेष जोड दिँदै आएको छ।

कलेज प्रशासनका अनुसार हाल नयाँ शैक्षिक सत्रका लागि भर्ना (Admission) खुला गरिएको छ। उत्कृष्ट नतिजा, अनुशासित वातावरण, दक्ष शिक्षक तथा गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीहरूका लागि Pentagon international college उपयुक्त गन्तव्य बन्ने विश्वास गरिएको छ।


divya collage
unigloble collage