चर्चित टिकटकर तुलसी अधिकारी पक्राउ : अहिले ललितपुर प्रहरीको हिरासतमा
वि.सं.२०८३ जेठ १७ आइतवार १५:३४
117
shares
shares

ललितपुर । चर्चित टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारी पक्राउ परेकी छिन् । थाइलैन्डबाट पक्राउ परेकी उनलाई नेपाल ल्याएर अहिले ललितपुर प्रहरीको हिरासतमा राखिएको छ । उनको नाममा रातो सूची (रेड नोटिस) जारी भएको थियो ।
उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि तुलसीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
हनी ट्र्याप अर्थात् आपराधिक लाभ र ठगीको कसुरमा परिवर्तित नाम शंकर चिमोरियाले दिएको जाहेरीको आधारमा अधिकारीविरुद्ध आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरण समेतमा मुद्दा दायर गरिएको थियो ।































