प्रहरी सहायक हवल्दार जगतराज खनाल वैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित

117
shares

काठमाडौं । प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी सहायक हवल्दार जगतराज खनाल लाई नेपाल प्रहरीले वैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ अवार्ड प्रदान गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्दै संगठनको छवि उच्च राख्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

हवल्दार खनालले गत महिना दरबारमार्गस्थित एक रेष्टुरेन्टबाट गैंडाको खागसहित तीन जनालाई पक्राउ गर्न सफल भएका थिए। वन्यजन्तु तथा लागूऔषधसम्बन्धी अपराध नियन्त्रण तथा अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनले विभिन्न अपरेशनहरूमा समेत उल्लेखनीय सफलता हासिल गर्दै आएका छन्।

नेपाल प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान र जनसुरक्षा कार्यमा देखाएको व्यावसायिकता, प्रतिबद्धता तथा प्रभावकारी कार्यसम्पादनको मूल्यांकन गर्दै उनलाई ‘पुलिस अफ द मन्थ’ बाट सम्मानित गरेको जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083