एसएसपी भुवनेश्वर तिवारीद्वारा जिल्ला ट्राफिक कार्यालय धनुषाको निरीक्षण

प्रहरी कर्मचारीलाई निर्देशन

117
shares

जनकपुरधाम । नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्रमुख (SSP) भुवनेश्वर तिवारीले निरीक्षण तथा अनुगमनका क्रममा जिल्ला ट्राफिक कार्यालय धनुषाको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले कार्यालयको समग्र गतिविधि, सेवा प्रवाह तथा कार्यसम्पादनको अवस्थाबारे जानकारी लिनुका साथै उपस्थित ट्राफिक प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभएको थियो।

May be an image of one or more people

निरीक्षण कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एसपी ज्ञानेन्द्र बहादुर बस्नेत समेतले उक्त कार्यालयको भवन, सम्पुर्ण शाखाहरुको अनुगमन, निरीक्षण गरेका थिए ।

सो अवसरमा उपस्थित ट्राफिक प्रहरी कर्मचारीहरूलाई सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, सेवाग्राहीमैत्री व्यवहार, व्यावसायिक आचरण तथा समसामयिक सुरक्षा चुनौतीका विषयमा महत्वपूर्ण निर्देशन दिइएको थियो। साथै ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन सबै प्रहरी कर्मचारीलाई जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न आग्रह गरिएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083