काठमाडौँ प्रहरीले फेरि सुरु गर्यो लुटेर अप्रेसन
वि.सं.२०८३ जेठ १७ आइतवार १५:३६
104
shares
shares

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले जडीबुटीमा लुटपाटमा संलग्न लुटेरा समूहमाथि गोली चलाएर गणेश कार्कीलाई नियन्त्रणमा लिएको छ ।
शनिबार राति जडीबुटीस्थित रोयल पार्टी प्यालेसनजिकै प्रहरी टोलीमाथि उनी जाइलागेपछि प्रहरीले एक राउन्ड जवाफी गोली प्रहार गरेको हो। पक्राउ पर्नेमा काठमाडौँ बुढानीलकण्ठ घर भएका गणेश कार्की छन् ।
उनको बायाँ खुट्टामा गोली लागेको छ । जडीबुटीमा प्रहरीसँग मुठभेट हुँदा जवाफी कारबाही गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए । उनले भने, ‘जवाफी कारबाहीका क्रममा हाम्रो एक जना प्रहरी कर्मचारी पनि घाइते भएका छन् ।’ काठमाडौँ उपत्यकामा बढ्दै गएका श्रृंखलाबद्ध लुटपाट र चोरीका घटनालाई नियन्त्रण गर्न काठमाडौँ प्रहरीले ‘लुटपाट विरुद्धको विशेष अप्रेसन’ लाई तीव्रता दिएको एसएसपी रमेश थापाले बताए ।































