एसएसपी दिलिप घिमिरेले सम्हाले काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व
औपचारिक रूपमा पदभार ग्रहण सम्पन्न
वि.सं.२०८३ जेठ २१ बिहीवार १५:०५
shares

काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले काठमाडौं जिल्ला प्रहरी परिसरको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ। केही दिनअघि सरुवा हुनुभएका घिमिरेले आज परिसर पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्दै आफ्नो कार्यभार सुरु गर्नुभएको हो।
प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल प्रहरीका ३३ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको सरुवा तथा काज हेरफेर गरिएसँगै घिमिरे काठमाडौं जिल्ला प्रहरी परिसरको प्रमुखमा नियुक्त हुनुभएको हो।

राजधानीको शान्ति सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा नागरिकमैत्री प्रहरी सेवाको प्रभावकारी कार्यान्वयनका लागि काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्वलाई महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिने गरिन्छ। यसै सन्दर्भमा एसएसपी घिमिरेले जिम्मेवारी सम्हाल्दै कानुनको प्रभावकारी कार्यान्वयन, अपराध अनुसन्धान तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।
अनुभवी तथा व्यावसायिक प्रहरी अधिकृतका रूपमा परिचित घिमिरेको नेतृत्वमा काठमाडौंको सुरक्षा व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

































