जिल्ला प्रहरी परिसर काठमाडौंमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
वि.सं.२०८३ जेठ २१ बिहीवार १८:१७
shares

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंमा नयाँ कार्यालय प्रमुखको स्वागत तथा सरुवा भई जान लाग्नुभएका कार्यालय प्रमुखको बिदाइ कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८३ जेठ २१ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा भई कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेलाई स्वागत तथा परिसरबाट सरुवा भई नयाँ कार्यक्षेत्रतर्फ प्रस्थान गर्न लाग्नुभएका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई बिदाइ तथा “फेरि भेटौँला” कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा कर्मचारीहरूले नवनियुक्त कार्यालय प्रमुख एसएसपी घिमिरेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्वागत गरेका थिए। साथै, परिसरमा रहँदा पुर्याउनुभएको नेतृत्व, योगदान र सेवाको उच्च मूल्याङ्कन गर्दै एसएसपी थापाप्रति कृतज्ञता व्यक्त गरिएको थियो।
बिदाइ कार्यक्रममा बोल्दै एसएसपी थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण प्रहरी कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभयो। त्यस्तै, एसएसपी घिमिरेले संगठनको गरिमा, व्यावसायिकता र नागरिकमैत्री प्रहरी सेवालाई थप सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
































