एसपी भुवनेश्वर साहद्वारा जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा तथा पुरस्कृत

1.07K
shares

धनुषा। नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, धनुषाका गण प्रमुख प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर प्रसाद साहले गण मातहतका सुरक्षा वेश क्याम्पमा कार्यरत उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गर्नुभएको छ ।

कार्यसम्पादन, अनुशासन र जिम्मेवारी निर्वाहमा उत्कृष्ट योगदान पुर्‍याउने प्रहरी जवान नवीन कुमार पण्डितलाई प्रशंसा पत्र प्रदान गरिएको छ भने प्रहरी जवान महेन्द्र दास तत्मा र प्रहरी जवान देवराम यादवलाई जेठ महिनाको “उत्कृष्ट प्रहरी” घोषणा गरी पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार वितरण कार्यक्रममा एसपी साहले प्रहरी कर्मचारीको मनोबल उच्च राख्दै कर्तव्यनिष्ठ भएर कार्य गर्न निर्देशन दिनुभयो । उहाँले प्रहरीको काम, कर्तव्य, अनुशासन, आज्ञापालन तथा संगठनको गरिमा कायम राख्ने विषयमा समेत आवश्यक निर्देशन दिनुभएको थियो ।कार्यक्रममा गणमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083