आईजीपी दान बहादुर कार्कीद्वारा प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण

715
shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी वृत्त बानेश्वरको नवनिर्मित कार्यालय भवन तथा अन्य संरचनाहरूको पूर्ण निर्माण सम्पन्न गरी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा आईजीपी कार्कीले नागरिक–केन्द्रित, प्रविधिमैत्री तथा सेवाग्राहीमैत्री प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन भौतिक संरचनाको विकास महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले प्रहरी कार्यालयका संरचनाहरू आधुनिक, व्यवस्थित र सेवामुखी बनाउँदै लैजान नेपाल प्रहरीले प्राथमिकता दिँदै आएको बताउनुभयो।

 


प्रहरी वृत्त बानेश्वरको नयाँ भवन निर्माणसँगै प्रहरी कर्मचारीलाई कार्यसम्पादनमा सहजता र सेवाग्राहीलाई थप व्यवस्थित सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

नागरिक, समुदाय तथा विभिन्न संघसंस्थाहरूको सहयोग र सहकार्यमा निर्माण सम्पन्न भएका यस्ता संरचनाहरूले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083