लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

559
shares

काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरले लागू औषध मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
ब्यूरोका अनुसार लागू औषध कारोबार हुन सक्ने शंकास्पद स्थानहरूको निगरानी गर्ने क्रममा खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३, शंखपार्कबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–२, पिप्ले स्थायी ठेगाना भएका ४८ वर्षीय प्रभु राम राई रहेका छन् । उनी लागू औषध खैरो हेरोइन मुद्दामा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राई केन्द्रीय कारागार सुन्धाराबाट भागी फरार रहेका थिए । उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि पुनः केन्द्रीय कारागार सुन्धारा बुझाइएको छ ।
पक्राउ परेका राईमाथि लागू औषध (खैरो हेरोइन) सम्बन्धी मुद्दा चलिरहेको र मुद्दा फैसला हुन बाँकी रहेको ब्यूरोले जनाएको छ ।

(विज्ञप्ति सहित)


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083