प्रहरी सेवामा जनविश्वास कायम गर्न व्यावसायिक बन्नुहोस् : डिआइजी ओम अधिकारी

403
shares

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ओम प्रसाद अधिकारीले मधेश प्रदेश प्रहरी गण, ढल्केवरको अनुगमन तथा निरीक्षण गरेका छन्।

गणको निरीक्षणका क्रममा डिआइजी अधिकारीले भौतिक अवस्था, प्रशासनिक व्यवस्थापन, सुरक्षा तयारी तथा प्रहरी कर्मचारीहरूको कार्यसम्पादन अवस्थाबारे जानकारी लिएका थिए।

निरीक्षणपश्चात प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले प्रहरी सेवामा जनविश्वास कायम राख्न व्यावसायिक, जिम्मेवार र नागरिकमैत्री भएर काम गर्नुपर्नेमा जोड दिए।
उनले प्रहरी संगठनको मूल मन्त्र ‘सत्य, सेवा, सुरक्षणम्’ लाई व्यवहारमा उतार्दै नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिए। साथै सुशासन, अनुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।

डिआइजी अधिकारीले बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरी कर्मचारीहरूले आफ्नो क्षमता अभिवृद्धि, नैतिक आचरण र सेवामुखी सोचलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे।

उनले संगठनको गरिमा कायम राख्दै उत्कृष्ट सेवा प्रवाहमार्फत प्रहरीप्रति नागरिकको भरोसा अझ मजबुत बनाउन सबै कर्मचारीलाई आग्रह गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083