स्वागत तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

988
shares

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको २०८३/०२/२९ गतेको विभिन्न चलानी नम्बरका पत्रअनुसार बढुवा भएका प्राविधिक प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह सुशोभन गरिएको छ ।

आज आयोजित कार्यक्रममा प्राविधिक प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक, प्राविधिक प्रहरी हवल्दार पदबाट प्राविधिक प्रहरी वरिष्ठ हवल्दार, प्राविधिक सहायक हवल्दार पदबाट प्राविधिक प्रहरी हवल्दार तथा प्राविधिक प्रहरी जवान पदबाट प्राविधिक प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले बढुवा भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह सुशोभन गर्दै पदअनुसारको जिम्मेवारी इमान्दारी, अनुशासन र व्यावसायिकताका साथ निर्वाह गर्न शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कार्यालयका प्रहरी अधिकृत तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083