सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रविण धितालद्वारा पदभार ग्रहण
वि.सं.२०८३ असार ९ मंगलवार १५:२४
shares

दिपायल । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रविण धितालले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायलको समादेशक (प्रमुख) पदको पदभार ग्रहण गर्नुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेश अनुसार सरुवा भई आउनुभएका प्र.व.उ. धितालले आज कार्यालयमा हाजिर भई औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण कार्यक्रममा केन्द्रमा कार्यरत सिनियर प्रहरी अधिकृतहरू, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रतिनिधि, साबिक गुल्म नं. १ दिपायलका प्रमुख तथा कार्यरत प्रहरी कर्मचारीहरूले उहाँलाई स्वागत गर्नुभएको थियो ।
पदभार ग्रहण पश्चात आयोजित पावर पोइन्ट प्रस्तुतीकरण कार्यक्रममा समादेशक प्र.व.उ. धितालज्यूले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रको समग्र अवस्था, प्रशिक्षण व्यवस्थापन, भौतिक संरचना तथा प्रहरी जनशक्ति व्यवस्थापन सम्बन्धमा जानकारी लिनुभएको थियो ।
उक्त अवसरमा उहाँले प्रहरी प्रशिक्षणलाई अझ प्रभावकारी, व्यवस्थित र व्यावसायिक बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
































