सम्पत्ति शुद्धीकरण अनुसन्धानमा विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

325
shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि भइरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि विशेष अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।

मंगलबार विशेष अदालतको इजलासले अनुसन्धानको आवश्यकता रहेको निष्कर्षसहित पौडेललाई थप सात दिन नियन्त्रणमा राखेर अनुसन्धान गर्न स्वीकृति दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउपछि पौडेललाई अदालतमा उपस्थित गराएको थियो। सुनुवाइका क्रममा सरकारी पक्षले अनुसन्धान प्रभावकारी बनाउन हिरासत आवश्यक रहेको तर्क गरेको थियो भने प्रतिरक्षा पक्षले उनी फरार हुने अवस्था नरहेको भन्दै बाहिरै बसेर अनुसन्धानमा सहयोग गर्न सक्ने दाबी गरेको थियो।

दुवै पक्षको बहस सुनेपछि अदालतले अनुसन्धानलाई प्राथमिकता दिँदै सात दिन हिरासतमा राख्ने अनुमति दिएको हो। पौडेललाई सोमबार विभागको अनुरोधमा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धान जारी छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083