८ जना एआईजीहरुको सरुवा

1.64K
shares
काठमाडौँ । मन्त्रिपरिषद्ले प्रहरीका ८ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले एआईजीहरुको सरुवाको निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

मन्त्रिपरिषद्ले सीआईबीमा कार्यरत एआईजी डा. मनोज केसीलाई प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा गरेको छ । मन्त्रिपरिषद् स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उमा प्रसाद चतुर्वेदीलाई पठाइएको छ । चतुर्वेदी कार्य विभागमा कार्यरत थिए ।

गृह मन्त्रालयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत सिद्धी विक्रम शाहलाई कार्य विभागमा सरुवा गर्न प्रस्ताव पठाएको थियो । अपराध अनुसन्धान विभागमा कार्यरत सुशील सिंह राठौरलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गर्न प्रस्ताव गरिएको थियो ।

मन्त्रालयले मानवश्रोत विकाश विभागमा ईश्वर कार्की र प्रदेश समन्वय विभागमा हिमालय कुमार श्रेष्ठलाई सरुवा गर्न प्रस्ताव पठाएको थियो । प्रदेश समन्वय विभागमा कार्यरत डम्बर बहादुर बिकलाई प्रशासन विभागमा सरुवा गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।

मावनश्रोत विभागमा कार्यरत राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा प्रस्ताव गरिएको थियो । मन्त्रिपरिषदबाट पास भएको सरुवाको अधिकारिक सूची आउन बाँकी रहेको मन्त्रालयका एकजना उच्च अधिकृतले जानकारी दिए ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083