बानेश्वर बहुमुखी क्याम्पसमा गुरु पूर्णिमा तथा गुरु सम्मान कार्यक्रम सम्पन्न

स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न

1.12K
shares

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसको आयोजनामा गुरु पूर्णिमा तथा गुरु सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम स्ववियु अध्यक्ष भुमिराज अधिकारीको अध्यक्षतामा तथा क्याम्पस प्रमुख डा. घमानसिंह खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले गुरु–शिष्य सम्बन्ध ज्ञान, संस्कार र नैतिकताको आधार भएको उल्लेख गर्दै गुरुहरूको सम्मान गर्ने संस्कृतिलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई अनुशासित, जिम्मेवार र गुणस्तरीय शिक्षामा केन्द्रित हुन आग्रह गर्नुभयो।

त्यसैगरी स्ववियु अध्यक्ष भुमिराज अधिकारीले गुरुहरूले समाज र राष्ट्र निर्माणमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै गुरुजनप्रति सम्मान व्यक्त गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो। उहाँले विद्यार्थी र गुरुबीचको आत्मीय सम्बन्धलाई अझ सुदृढ बनाउन तथा शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन स्ववियु सदैव प्रतिबद्ध रहने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा क्याम्पसका प्राध्यापक, शिक्षक–शिक्षिका, सम्पूर्ण गुरुवर्ग, कर्मचारी, विद्यार्थी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका अवसरमा गुरुजनहरूलाई सम्मान गर्दै गुरु पूर्णिमाको महत्वबारे चर्चा गरिएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083