सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी सानुराम भट्टराईद्वारा प्रहरी प्रशिक्षण स्थल बुडरको अनुगमन

728
shares

डोटी ।  सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल–डोटी मातहत रहेको प्रहरी प्रशिक्षण स्थल बुडरको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।

अनुगमनका क्रममा डिआईजी भट्टराईले प्रशिक्षण स्थलको समग्र अवस्था, भौतिक पूर्वाधार तथा तालिम व्यवस्थापनको अवलोकन गर्नुका साथै तालिमरत प्रशिक्षार्थीहरूको प्रगति र तालिमसम्बन्धी गतिविधिबारे जानकारी लिनुभएको थियो।
उहाँले प्रशिक्षक तथा तालिमरत प्रशिक्षार्थीहरूलाई व्यावसायिकता, अनुशासन, इमान्दारिता र सेवाभावलाई आत्मसात् गर्दै प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न आवश्यक निर्देशन दिनुभयो। साथै, तालिमबाट हासिल हुने ज्ञान, सीप र क्षमतालाई व्यवहारमा उतार्दै संगठनको प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्‍याउन प्रशिक्षार्थीहरूलाई प्रेरित गर्नुभयो।

प्रहरी संगठनलाई थप सक्षम, अनुशासित र नागरिकमैत्री बनाउने उद्देश्यका साथ सम्पन्न उक्त अनुगमन तथा निर्देशन कार्यक्रमले तालिमको गुणस्तर अभिवृद्धिमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।


divya collage
unigloble collage