डिआईजी ओम अधिकारीद्वारा नेपाल प्रहरी स्कुल रौतहटको अनुगमन

1.91K
shares

राैतहट। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओम प्रसाद अधिकारीद्वारा रौतहटको गरुडास्थित नेपाल प्रहरी स्कुल को अनुगमन तथा निरीक्षण कार्य सम्पन्न भएको छ ।

विद्यालयको शैक्षिक भवन, छात्रवास (हस्टल), मेस, खेलकुद मैदान तथा समग्र भौतिक अवस्थाको निरीक्षण गरेर प्रहरी सन्तति तथा स्थानीय सर्वसाधारणका छोराछोरीहरू अध्ययन गर्ने यस विद्यालयको शैक्षिक वातावरण र गुणस्तर सुदृढ बनाउन निर्देशन दिनु भयाे।

डीआइजी अधिकारीले विद्यालय प्रशासन, शिक्षक तथा कर्मचारीहरूलाई थप जिम्मेवार, अनुशासित र पारदर्शी भएर काम गर्न र विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा सहभागी गराई उनीहरूको चौतर्फी विकासमा ध्यान दिन जोड दिनुभएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083