डिआईजी सानुराम भट्टराईद्वारा जिल्ला प्रहरी कार्यालय बझाङको निरीक्षण
वि.सं.२०८३ साउन २१ बिहीवार २०:५८
shares

बझाङ । बझाङको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय बझाङको निरीक्षण भ्रमण सम्पन्न गर्नुभएको छ।
निरीक्षणका क्रममा उहाँले कार्यालयको समग्र कार्यसम्पादन, सुरक्षा व्यवस्थापन, प्रहरी परिचालन, अपराध अनुसन्धान तथा नागरिकलाई प्रदान गरिने सेवा प्रवाहको अवस्थाबारे विस्तृत जानकारी लिनुभएको थियो। साथै विभिन्न शाखाहरूको निरीक्षण गर्दै कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन आवश्यक निर्देशन दिनुभएको थियो।
उहाँले प्रहरी कर्मचारीहरूलाई कानुनी शासनको प्रभावकारी कार्यान्वयन, उच्च व्यावसायिक आचरण, अनुशासन र सेवामुखी भावनाका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो। साथै शान्ति सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउँदै नागरिकको विश्वास अभिवृद्धि हुने गरी निष्पक्ष, पारदर्शी र उत्तरदायी प्रहरी सेवा प्रदान गर्न जोड दिनुभयो।
डिआईजी भट्टराईले संगठनको नीति, निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्दै समन्वय, इमान्दारिता र प्रतिबद्धताका साथ कार्य गर्न प्रहरी कर्मचारीहरूलाई आग्रह गर्नुभएको थियो।






















