बैंग्लोरको दोस्रो जीत

5.46K
shares

नयाँ दिल्ली । एबी डि भिलियर्सको विस्फोटक ब्याटिङको मद्दतले रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली डेयर डेभिल्सलाई ६ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा बैंग्लोरको यो दोस्रो जीत हो ।

डिभिलियर्सले मात्र ३९ बलमा ९० रन बनाएपछि पहिलो ब्याटिङ गर्दै दिल्लीले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य बैंग्लोरले मात्र चार विकेटको क्षतिमा १२ बल अगावै पछ्यायो । डिभिलियर्सले विस्फोटक ब्याटिङको उदाहरण प्रस्तुत गर्दै ५ छक्का र १० चौका हिर्काए । त्यस्तै कप्तान विराट कोहलीले ३० रन बनाउँदै उनलाई राम्रो साथ दिए ।

यसअघि, रिसव पन्तको ८५ तथा श्रेयस ऐयरको ५२ रनको मद्दतले दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । हारपछि दिल्ली ५ खेलपछि मात्र १ जीतसहित तालिकाको पुछारमा रहेको छ भने बैंग्लोर २ जीत र ३ हारसहित पाँचौ स्थानमा उक्लिएको हो ।