एमाले र माओवादी केन्द्रको संयुक्त सभा आज राष्ट्रियसभा गृहमा

7.05K
shares

काठमाडौं। एमाले र माओवादी केन्द्रले आज संयुक्त कार्यक्रम गर्ने भएका छन्। नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर दुवै पार्टीका शीर्ष नेताले चाँडै एकीकृत हुने सन्देश दिन आइतबार संयुक्त कार्यक्रम गर्न लागेका हुन्। पार्टी एकता संयोजन समितिको आयोजनामा राष्ट्रियसभा गृहमा आइतबार दिउँसो हुने कार्यक्रममा एमालेका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

दुई दल बीच नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित संगठन र नेता रामबहादुर थापाको संयोजकत्वमा रहेको वैचारिक कार्यदलले तयार गरेको अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन यही वैशाख ४ गतेको एकता संयोजन समितिको बैठकले अध्यक्ष ओली र दाहाललाई जिम्मेवारी दिएको थियो। त्यसलाई अन्तिम रूप दिन प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीच विगत केहि दिन देखि एक्ला एक्लै एकताको बारेमा वार्ता हुने गरेको थियो।