गरिमाका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल
वि.सं.२०८३ भदौ ६ शनिवार २०:४०
364
shares
shares

६ भदौ, काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका परिवारसँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ ।
गृहमन्त्री सुधन गुरुङसहित मन्त्रालयका अधिकारीहरूले गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग घटनासम्बन्धी विषयमा छलफल गरिरहेका छन् । छलफलमा कृषिमन्त्री गीता चौधरी पनि सहभागी छन् ।
गरिमाका आमा–बुबा आज दिउँसो सिमरा विमानस्थलबाट काठमाडौं आएका थिए । उनीहरूसँगै केही स्थानीय अभियन्ता पनि काठमाडौं आएका छन् ।
गरिमाको हत्या घटनामा दोषीलाई कडा कारबाही र न्यायको माग गर्दै बारा, काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएको छ । परिवार तथा अभियन्ताहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै आएका छन् ।


















