“७१औँ प्रहरी दिवस–२०८३” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर परिसरमा वृक्षारोपण कार्यक्रम

143
shares

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रहरी उपरीक्षकहरू सुमनकुमार तिम्सिना र नारायणप्रसाद चिमरिया तथा कोशी प्रदेश प्रहरी गणका गणपति प्रहरी उपरीक्षक मानबहादुर राईलगायत सिनियर तथा जुनियर प्रहरी अधिकृत र प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा प्रहरी अधिकारी तथा कर्मचारीहरूले कार्यालय परिसरमा विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू रोपेका थिए।

वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ र सुन्दर प्रहरी कार्यालय परिसर निर्माणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083