अब ताेकिएकाे दिन हाेईन नताेकिएकाे दिन पार्टी एकता हुन्छ : प्रचण्ड

6.86K
shares

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र केपी शर्मा ओलीलाई पार्टी एकताबाट दायाँबायाँ गर्ने छुट नभएको बताएका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा प्रचण्डले आफूहरु पार्टी एकता घोषणा नजिक रहेको बताए । ‘चारैतिर जनताको घेरा छ, कम्युनिष्ट कार्यकर्ताको घेरा छ’ उनले भने, ‘मैले र केपीजीले दायाँबायाँ गरेँ भने जनताले छुट नदिने बताए ।’

पार्टी एकता प्रक्रियामा केही नबिग्रिएको भन्दै उनले नतोकिएको दिन पार्टी एकता हुने बताए ।

उनका अनुसार संगठनात्मक एकताका तीन आधार तयार गरिएको छ । पहिलोः सम्मानजनक एकता, दोस्रोः समानताको सिद्धान्त र तेस्रोः न्यायोचित एकता । यसकै आधारमा विकतापुर्ण  परिपाटी  विकास गर्ने उनले बताए ।


unigloble collage
baneshwor multiple campus ad -2083