सुदूरपश्चिमकै नमुना कारागार बन्दै, बझाङ कारागार!
वि.सं.२०७५ वैशाख ११ मंगलवार ११:१४
11.32K
shares
shares

बझाङ कारागार
श्याम बहादुर मिजार /बझाङ। बझाङको जिर्ण जिल्ला कारागार पुनः निर्माण भए पछि सुदूरपश्चिमकै नमुना कारगार बन्दै गएको छ।
वि.स.२०४० सालमा स्थापना भएको कारागारको संरचना पुरानो भएकोले नयाँ भवन निर्माण गरिएको हो । शहरी विकास डिभिजन कार्यालयले यस आर्थिक वर्ष बझाङ कारागारमा ब्यवस्थित २ वटा भवनहरुको निर्माण गरेको हो ।
बझाङ कारागार जिर्ण भएकै कारण विगतमा कतिपय कैदी बन्दीहरु फरार भएका थिए । शहरी डिभिजन कार्यालय वैतडीले ३ करोड १८ लाखमा सम्झौता गरी बझाङ कारागारको निर्माण कार्यको जिम्मा लिएको कारागार शाखाले जनाएको छ ।
आधुनिक तथा ब्यवस्थित बन्दी गृह निर्माण भए पछि कैदी बन्दीहरुलाई राख्न सजिलो हुने कारागार शाखाका निमित्त अधिकृत राजेन्द्र बोहराले बताए ।











