कोरोना संक्रमितले लोक सेवाको परीक्षा दिन नपाउने

5.99K
shares

काठमाडौँ । लोक सेवा आयोगले कोरोना संक्रमितलाई परीक्षामा सहभागी हुन नदिने भएको छ  । आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोरोना संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो ।

परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्डमा परीक्षार्थीमा कोरोना संक्रमण भएको भए परीक्षा केन्द्र प्रवेश गर्न नहुने उल्लेख छ । ‘परीक्षार्थी कोरोना संक्रमण भए वा नभएको स्वयमले घोषणा गर्नु पर्नेछ । संक्रमित परीक्षार्थीले केन्द्रमा प्रवेश गर्न हुने छैन,’ मापदण्डको ८ नम्बर विविध अन्तर्गत यस्तो व्यवस्था उल्लेख गरिएको छ ।

कोरोनाबाट सिर्जना हुन सस्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गरी आयोगबाट सञ्चालन हुने प्रतियोगिताम्क परीक्षालाई प्रभावकारी र व्यवस्थित सञ्चालन गर्न आयोगले यस्तो मापदण्ड बनाएको उल्लेख गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083