डिआईजी विश्वराज पोखरेल एआईजी बढुवाका लागि सिफारिस
वि.सं.२०७७ मंसिर १५ सोमवार १९:१९
7.92K
shares
shares

काठमाडौ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिको सोमबार बसेको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाको सिफारिस गरेको हो।
डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्। यस अघि सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो।
गृह स्रोतका अनुसार बढुवा समितिको बैठकले ओएण्डएमअनुसार थपिएको एआइजी पदमा पोखरेलको नाम सिफारिस गरेको हो।
बढुवा समितिमा गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था छ। उनि नेपाल प्रहरी आईजीपी बन्ने छन् ।
































