ओलीलाई सुरक्षा थ्रेट, धुम्बाराहीको बैठक बालुवाटार सारियो

6.88K
shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को धुम्बाराहीमा बस्ने भनिएको सचिवालय बैठक बालुवाटारमा बस्ने भएको छ ।

मंगलबार विहान महासचिव विष्णु पौडेलले सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै बस्ने सूचना नेताहरुलाई दिएका छन् ।

धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको सत्तारूढ नेकपा उच्च स्रोतको दाबी छ ।

नेताहरुले भने पार्टी कार्यालय, धुम्बाराहीमा बैठक बस्दा ‘सुरक्षा थ्रेट’ हुने तर्कप्रति आश्चर्य व्यक्त गरेका छन् ।

एक नेता भन्छन्, ‘आफ्नै पार्टीको सरकार छ, पार्टी कार्यालयमा बैठक बस्दा सुरक्षा थ्रेट हुन्छ भन्नु आफैंमा अनौठो छ ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083