सुन लुटपाटमा प्रहरीनै संलग्न, सइ नवराज पक्राउ, डीएसपी खड्का फन्दामा

8.57K
shares

काठमाडौंको सामाखुसीमा भएको सुन लुटपाटमा संलग्न भनिएका आरोपीलाई पक्राउ गर्ने प्रहरी नायव निरीक्षक (सई)लाई पक्राउ गरिएको छ । सई नवराज इटनीलाई पक्रेर टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

पुस दोस्रो साता महाराजगञ्जबाट सुन लुटिएको थियो । सोही घटनामा दोषी रहेको आशंकामा प्रहरीले सई इटानीलाई पक्राउ गरेको हाे ।

महाराजगञ्ज प्रहरी वृत्तका प्रमुख (डीएसपी) रोशन खड्का सुन हराएको घटनामा मुछिएका थिए ।

डीएसपी खड्काले सुर्खेतका दीपक नेपालीलाई प्रलोभनमा परेर थुनामुक्त गरेको आरोप लागेको थियो ।

सुन काण्डको घटना सार्वजनिक भएपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले तत्काल छानविन शुरु गरेका थिए ।

पुस १० गते सामाखुशीको अल नेपाल अस्पताल अगाडिबाट दोलखाका संयोग कार्की, सुवास तिम्सिनासहितका व्यक्तिको ३० तोला सुनको ब्रासलेट लुटपाट भएको थियो ।

सुनलुटपाट घटनमा मुछिएका सई इटानी एक हप्ता अगाडि महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा सरुवा भएका छन् ।

सुनलुपाट भएको घटना सार्वजनिक हुँदा महाराजगञ्जका डीएसपी खड्काले प्रलोभनमा दीपक नेपालीलाई छाडेको दाबी गरिएको छ ।

महानगरीय कार्यालय, रानीपोखरीले छानविनका लागि प्रहरी उपरीक्षक (एसपी) भोलाराज रावलको नेतृत्वमा काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्ट र अपराध महाशाखाका डीएसपी निशान थापा सदस्य रहेको समिति बनाएको छ ।