ओलीलाई प्रचण्डको चुनौती : ‘राम्रो काम गर्न अवरोध गरेको एउटा मात्र उदाहरण दिनुस्’
वि.सं.२०७७ पुस २९ बुधवार १५:३६
shares

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सरकारलाई राम्रो काम गर्न नदिएको एउटा मात्र उदाहरण देखाउन चुनौती दिएका छन् ।
बुधबार बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले सरकारका काममा अवरोध गर्यो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आरोपको खण्डन गर्दै यस्तो चुनौती दिएका हुन् ।
‘सरकारले गर्न खोजेको राम्रो काममा पार्टीले अवरोध गरेको एउटा मात्र उदाहरण दिनुस्, म केपी ओलीलाई चुनौती दिन चाहन्छु ।’ प्रचण्डले भने । बरु पार्टीले राम्रो काम गर्नुस् भन्दा ओलीले उल्टोउल्टो काम गरेको उनले बताए ।
यसअघि प्रचण्डले आफूहरू कमेडियन सो देखाउन नबसेको बताएका छन् । ‘हामी यहाँ कमेडियन सो देखाउन र उत्तेजित बनाउन आएको होइनौँ।,’ प्रचण्डले भने, ‘केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको कदमविरुद्ध हामी एकजुट भएका हौँ ।’
































