ओलीलाई कामरेड भन्न छाडिसकेँ : अष्टलक्ष्मी शाक्य

7.79K
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले केपी ओली अब कामरेड नभएको बताएकी छन्। बुधबार बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले प्रधानमन्त्री ओली प्रतिगमनकारी तानाशाही, भएको बताउँदै आफूले कामरेड भन्न छाडेको बताएकी हुन्।

‘केपी ओलीलाई कामरेड भन्न छाडिसकेकी छु। उहाँ कमरेड होइन अब, उहाँ त प्रतिगमनकारी हो, तानाशाही हो’, शाक्यले भनिन्। ओलीले हामीले दुःख गरेर बलिदान गरेर ल्याएको संविधानमाथि धावा बोलेको उनले बताइन् ।

शाक्यले कम्युनिस्ट पार्टीबाटै तानाशाही जन्मिएको बताउँदै कम्युनिस्ट आन्दोलनल केही समयलाई धक्का खाएको बताइन् । कार्यक्रममा शाक्यले काठमाडौं तातेपछि परिवर्तन हुने दाबी पनि गरिन् । “काठमाडौं तात्दै तादैन । तातेपछि सेलाउँदैन । परिवर्तन गरेरै छोड्छ,’’ उनले भनिन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083