विधि र परम्पराको हत्या निरंकुशताको संकेत: कामु प्रधानन्यायाधीश मल्ल

962
shares

२६ वैशाख, काठमाडौं। कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई उल्लङ्घन गर्दै गरिने स्वार्थप्रेरित कार्यहरूले निरंकुशताको संकेत दिने बताएकी छिन्।

शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले विधिको नाममा औचित्य खोज्दै गरिने छेडखानीले विधिको शासनप्रतिको विश्वास कमजोर बनाउने उल्लेख गरिन्। “विधि र परम्पराको हत्या गरेर गरिने कार्य स्वेच्छाचारितातर्फ उन्मुख हुन्छ, जुन विधिको शासनमा विश्वास गर्नेहरूका लागि स्वीकार्य हुन सक्दैन,” उनले भनिन्।

मल्लका अनुसार संरचना भत्काएर परिवर्तनको नाममा आफ्नो अनुकूल वातावरण निर्माण गर्ने प्रयासले सत्तामा रहनेहरूलाई क्षणिक लाभ हुन सक्छ, तर विधि र न्यायको अपेक्षा गर्ने नागरिकहरूको विश्वास र सपना भने भंग हुने निश्चित छ।

उनले विधिको शासनविरुद्ध हुने कुनै पनि षड्यन्त्रका विरुद्ध समाजका सबै पक्षले एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिइन्। उनले भनिन् “विधिको शासनको रक्षा गर्न हामी सबैले आँट, क्षमता र प्रतिबद्धता देखाउनुपर्छ।”

प्रधानन्यायाधीश मल्लको भनाइले पछिल्लो समय विधि, न्यायिक प्रक्रिया र संस्थागत परम्परामाथि उठिरहेका प्रश्नहरूको सन्दर्भमा महत्वपूर्ण सन्देश दिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083