धरानमा एक राउण्ड गोली चल्यो
वि.सं.२०७५ वैशाख ११ मंगलवार १७:१२
6.32K
shares
shares

काठमाडौं । प्रहरीले धरानमा मंगलबार दिउँसो एक राउण्ड गोली चलाएको छ । फरार अभियुक्तलाई पक्राउ गर्न गोली चलाइएको हो ।
धरानको श्याम चोक र पानबारीको बीचमा रहेको जंगलमा प्रहरीले गाली चलाएर कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षीय कुम्वे राईलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीलाई राईले ढुंगा प्रहार गर्न थालेपछि एक राउण्ड फायर गरिएको इलाका प्रहरी कार्यालय, धरानका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
कुम्वेको समूहले यस अघि सोमबार साँझ पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पढ्दै गरेका विद्यार्थी सुजन खड्का र प्रदीप सापकोटालाई छुरा प्रहार गरेका थिए ।














