“हामी सबैको इच्छा, अनिवार्य आधारभुत नि:शुल्क शिक्षा” भन्ने मुल नाराका साथ (अनेरास्ववियु)को भर्ना अभियान जारी

Nepal Life Insurance Long Ad

काठमाडौं । “हामी सबैको इच्छा, अनिवार्य आधारभुत नि:शुल्क शिक्षा” भन्ने मुल नाराका साथ नेकपा एमाले निकट विद्यार्थी संगठन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भर्ना अभियान जारी राखेको छ । नेपाल सरकारले आव्हान गरेको रास्ट्रिय बिद्यालय भर्ना अभियानमा प्रतिबद्धता जाहेर गदै भर्ना अभियान संञ्चालन गरेको हो ।

अनेरास्ववियुले विद्यालयको पंहुच बाट बन्चीत, अपाङ् असाय तथा अनाथ बालबालीकाहरुलाई विद्यालय सम्म ल्याएर अभिभावको जिम्मेवारी वहन गरेका हुन् । अनेरास्ववियका विद्यार्थी नेता सजिना थापा मगरको अनुसार अनेरास्ववियुले देश भरीनै भर्ना अभियानलाई तिब्ब्र पारीएको बताइन् । उनको अनुसार यो वर्ष अरु वर्ष भन्दा फरक प्रभावकारी र परिणामुखी उपलब्धि सहित अभियान सन्चालन गरेको भन्दै बालबालीकाहरुको अधिकार सुरक्षित गरिएको समेत दाबी गरिन् ।

नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारमालिई आधारभुत तह सम्मको शिक्षा निशुल्क र माध्यमिक तह सम्मको शिक्षा अनिवार्य हुनु पर्ने भनिएको छ । अहिले पनि चारलाख भन्दा धेरै बालबालिकाहरु शिक्षाको पंहुच विहीन रहेका छन् । नेपाल सरकारले आव्हान गरेको बैशाख १ देखि १५ सम्मको देशै भरका सबै सरकारी तथा सामुदायिक विद्यालयहरुमा “हामी सबैको इच्छा, अनिवार्य आधारभुत नि:शुल्क शिक्षा” भन्ने मुल नाराका साथ विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण अभियान संञ्चालन भैरहको जनाएका हुन् ।

आदित्य नाथ मावि, श्रमिक शान्ति मावि लगाएत विभिन्न विद्यालयहरुमा राजधानिको नजिक रहेर पनि शिक्षा बाट बन्चीत रहेको भन्दै त्यस्ता बालबालिकाहरुलाई भर्ना गरिएको जनाएका हुन् । यसै क्रममा अनेरास्वबियुको केन्द्रिय सचिवालय सदस्य डमर अधिकारी, केन्द्रिय सदस्य सजिना थापा मगर भुगोल कमिटी सदस्य प्रमिला लामा,अभिषेक गुप्ता लगायत नेताहरुको उपस्थितिमा राजधानिका विद्यालयमा भर्ना अभियान सन्चालन गरिएको जनाएका हुन्।

११ वैशाख २०७५, मंगलवार १७:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु