बालिका बलात्कार आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

२०७५ कात्तिक २५ आइतवार
1.5K
shares
धनगढी । कैलालीको धनगढीमा पाँच वर्षीया बालिका बलात्कार आरोपमा एकजना वृद्ध पक्राउ परेका छन् । सोही उप–महानगरपालिका-४ कि ५ बर्षीया बालिकालाई बलात्कारको गरेको आरोपमा उदयपुर गाईघाट ४ स्थायी घर भएका ६८ बर्षिय स्पन्दन राई पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले शनिबार साँझ पक्राउ गरेको हो । केहि समय देखि धनगढीमा आफन्तको घरमा बस्दै आएका राईले शनिबार घरमा कोही नभएको समयमा बालिकालाई करणी गरेको आरोप लागेको छ ।
पीडित परिवारले प्रहरीलाई उजुरी गरेपछि प्रहरीले वृद्धलाई पक्राउ गरेको थियो । अहिले बालिकाको स्वास्थ्य परिक्षण गरिएको र त्यसको रिर्पोट नआएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभूषण तिमिल्नेसाले बताए ।

२०७५ कात्तिक २५ आइतवार