नेपाल र चीनबीच असल कूटनीतिक सम्वन्ध छ : उपप्रधानमन्त्री यादव

Nepal Life Insurance Long Ad

काठमाडौं । उपप्रधानमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल हाम्रै जीवनकालमा नआउने बताएका छन्। भारतीय पत्रिका द विकलाई दिएको अन्तर्वार्तामा यादवले नेपालमा चीन र भारतबाट रेल आउन लागेको भए पनि त्यो सजिलो नभएको बताएका छन्। उनले भनेका छन्, यो सजिलो छैन । र मलाइ लाग्दैन मेरो जीवनकालमा यो देखिने छ।

अन्तर्वार्ताको क्रममा उनले चिनियाँ वन्दरगाहा प्रयोगबारे समेत बताएका छन् । चिनिया पोर्ट ३ हजार किलोमिटर टाढा भएको र कलकत्ता पोर्ट १ हजार किलोमिटर भन्दा कम रहेकोले यो उपयुक्त विकल्प बताएका छन्। नेपाल भूपरिवेष्ठित देश भएकोले चीन र भारत दुई विकल्प रहेको उनको भनाई छ।

नेपाल र चीन जोड्ने एक मात्र सडक पनि भूकम्पले क्षति पुगेको बताउँदै यादवले कनेक्टिभिटी र पूर्वाधार विकासमा चिनियाँ सहयोगको अपेक्षा गरेका छन्। उनले नेपाल र चीनबीच असल कूटनीतिक सम्वन्ध रहेको समेत उल्लेख गरेका छन्।

भारतसँग के अपेक्षा छन् ? भन्ने प्रश्नको जवाफमा यादवले भारत विकास र समृद्धिको सहयात्री बन्नु पर्ने बताएका छन् । भारत नेपालको नजिकको छिकेकी भएको बताउँदै जीवन र भविष्य सँगसँगै भएको बताएका छन् । हाइड्रो, सिंचाइ जस्ता विषयमा सहकार्यको गति बढाउनु पर्ने उनले औंल्याएका छन् ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...