मन्त्रिपरिषद्ले सम्बन्धन खारेज गरेका आठ निजी क्याम्पसको भर्ना खुला

चितवन । मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन् । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र वन स्नातक तहको भर्ना खुला गरेको हो ।

विश्वद्यिालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए । त्यही दबाबमा मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गर्ने निर्णय गरेकाले सम्बन्धन पाएका निजी क्याम्पस सर्वोच्च अदालत पुगेका थिए । उक्त अदालतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नुरनगराउनु भन्ने अन्तरिम आदेश जारी गरेसँगै विश्वविद्यालयलाई भर्ना खुला गर्ने बाटो फुकुवा भएको विश्वविद्यालयका कानूनी सल्लाहकार टङ्कप्रसाद दुलालले बताए ।

विद्यार्थीले सम्बन्धन दिने निर्णय विरुद्ध रिट निवेदन दायर गरे पनि अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश दिएको थियो । विश्वविद्यालयको कृषि सङ्काय अन्तर्गतको डिनको कार्यालयले आजदेखि मङ्सिर १७ गतेसम्म अनलाइनमार्फत् भर्ना फाराम खोलेको छ । वनको मङ्सिर २२ गते र कृषिको मङ्सिर २९ गते प्रवेश परीक्षा लिने तयारी गरिएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले अदालतको आदेश पालना गर्दै भर्ना खोलिएको बताए । उनका अनुसार यसवर्ष कृषिमा ७६५ र वनमा १८० जनाले अध्ययन गर्न पाउनेछन् । विश्वविद्यालयको रामपुरमा १६५ जना भर्ना हुनेछन् । सोही प्रवेशपरीक्षाबाट उत्तीर्ण भएकामध्ये आङ्गिक सम्बन्धन पाएका कास्कीको पुरनचौर, धनकुटाको पाख्रिवास, सिन्धुलीको कपिलाकोट, कैलालीको टीकापुर र महोत्तरीको बर्दिबासमा ५०\५० जना भर्ना हुन पाउनेछन् ।

यस्तै निजी सम्बन्धन पाएका पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछायाँ कलेज गैँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही नवलपरासी, गोर्खा युनाइटेड पब्लिक स्कूल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतले ५०\५० जना विद्यार्थी भर्ना गर्न पाउनेछन् ।


कारागारबाट रविको अपिलः “मलाई सिध्याउन भयानक षड्यन्त्र भयो”

कारागारबाट रविको अपिलः “मलाई सिध्याउन भयानक षड्यन्त्र भयो”

२०८२ असार ७ शनिवार

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूविरुद्ध आरोपहरू नियोजित...

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

२०८१ फागुन ८ बिहीवार

काठमाडौ ।   अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले KIIT...

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २९ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २८ सोमवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक...

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ माघ २० आइतवार

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...