महिलालाई बलात्कार गरेको आरोपमा पास्टर पक्राउ

8.85K
shares

काठमाडौं । महिलालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धानका लागि पास्टर ध्रुवबाबु जोशीलाई सोमबार साँझ कुसुन्तीबाट नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर ललितपुरकी प्रवक्ता एसपी दुर्गा सिंहका अनुसार पक्राउ परेका जोशीलाई मंगलबार म्याद थप गरी अनुसन्धान गरिनेछ ।

‘एक जना महिलाले दिएको जाहेरीका आधारमा जोशीलाई पक्राउ गरिएको हो,’ सिंहले भनिन्, ‘जबरजस्ती करणी गरेको भन्ने उजुरी छ। हामी म्याद थपेर थप अनुसन्धान अघि बढाउँछौं ।’जोशीमाथि तीन महिनादेखि एक महिलालाई जबरजस्ती करणी गर्दै आएको आरोप छ। खुट्टा काम्ने रोगबाट पीडित ती महिलालाई निको बनाइदिने भन्दै जोशीले करणी गरेका थिए।

उनी रोग निको हुने भन्दै ललितपुरको मण्डली चर्चमा प्रार्थनाका लागि जाने गर्थिन् । ती महिलाको उजुरीमा जोशीले चापागाउँको एक गेष्ट हाउसमा बोलाएर जबरजस्ती करणी गरेको पनि उल्लेख छ । करणी गरेको कसैलाई भने परमेश्वरले दिएको शक्ति नाश भई जाने त्रास जोशीले महिलालाई देखाउँदै आएका थिए । पछिल्लो पटक जोशीले आफूले सञ्चालन गर्दै आएको पसलमा पुगेर जबरजस्ती गरेको ती महिलाले उल्लेख गरेकी छन् ।

गोरखा बजार घर भएका जोशी घरमा भने केही वर्षदेखि सम्पर्कविहीन थिए । उनी पहिले स्थानीय महेन्द्रज्योति माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भए । उनले घरमै पार्टी प्यालेससहित रेष्टुरेन्ट पनि चलाएका थिए । केही वर्षअघि उनकी सालीले जोशीसँगको सम्बन्धका कारण झुन्डिएर आत्महत्या गरेकी थिइन् । सालीले घरमै आत्महत्या गरेपछि जोशीले गोरखा छाडेका थिए । त्यसयता उनी सम्पर्कविहीन थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083