जबरजस्ती करणी आरोपमा चितवनका प्रहरी इन्स्पेक्टर हिरासतमा

2.15K
shares

चितवन। जिल्ला प्रहरी कार्यालय चितवन मातहत कार्यरत एक प्रहरी इन्स्पेक्टरविरुद्ध जबरजस्ती करणीको आरोपमा जाहेरी दर्ता भएपछि उनलाई नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतमाथि ३७ वर्षीया एक महिलाले माघ २३ गते जबरजस्ती करणीको आरोप लगाउँदै किटानी जाहेरी दिएकी हुन्। जाहेरी परेपछि महतलाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ।

पीडित महिलाका अनुसार असोज १ गते आफू एक व्यक्तिगत समस्याको विषयमा परामर्श लिन प्रहरी कार्यालय पुगेकी थिइन्। त्यसक्रममा इन्स्पेक्टर महतले मुद्दा मिलाइदिने आश्वासन दिँदै बाहिर भेट्न बोलाएको र क्याफेमा लगेर जबरजस्ती यौन सम्बन्ध राखेको आरोप लगाइएको छ। महिलाले आफ्नो स्वास्थ्य अवस्था कमजोर रहेको बताउँदै अस्वीकार गर्दा पनि बल प्रयोग गरिएको दाबी गरेकी छन्।

पहिलो घटनापछि उजुरी दिन खोज्दा पुनः कार्यालयमा बोलाएर कार्यकक्षमै यौन दुर्व्यवहार तथा कुटपिट गरिएको आरोप पनि जाहेरीमा उल्लेख छ। साथै, उजुरी दर्तापछि आफूलाई आरोपितका आफन्तबाट धम्की आएको गुनासो समेत उनले गरेकी छन्।

यस घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनका अधिकारीहरूले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। प्रहरी स्रोतका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083